ad ad

अटो


ड्याट्सन गाडीको अफर : अहिले किन्नुहोस्, २०२१ मा पैसा तिर्नुहोस् !

ड्याट्सन गाडीको अफर : अहिले किन्नुहोस्, २०२१ मा पैसा तिर्नुहोस् !

नेपालखबर
असार २, २०७७ मंगलबार ७:२८,

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले ‘बाइ नाउ पे इन २०२१’ योजना प्रस्तुत गरेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधासहित नयाँ योजना ल्याएको हो।

योजनाअन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महिनासम्म कुनै पनि ईएमआई तथा ब्याज तिर्नुपर्नेछैन। उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले व्यहोर्ने भएको हो। साथमा आकर्षक नगद छुट उपलब्ध रहने कम्पनीले जनाएको छ।

ड्याट्सन रेडी गो ०।८एल र १।० एल तथा ड्याट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन्।

गाडीको खरिदमा गाडीका विभिन्न एक्सेसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुविधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ।

यो अफर स्टकको उपलब्धतासम्म रहने र शर्तहरु लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .