ad ad

अटो


फक्सवागनले चीनबाट १२ सय कार फिर्ता गर्ने

फक्सवागनले चीनबाट १२ सय कार फिर्ता गर्ने

नेपालखबर
असार १२, २०७७ शुक्रबार ७:३५,

तेल चुहिने समस्या देखिएपछि १२ सय २० वटा कारहरु चिनियाँ बजारबाट फक्सवागनले फिर्ता लिने भएको छ।

सिन्ह्वाका अनुसार फक्सवागन ग्रुप इम्पोर्ट (चाइना) कम्पनी र एफएडब्ल्यू–फक्सवागन अटोमोबाइल कम्पनीले १ हजारभन्दा बढी कार चिनियाँ बजारबाट फिर्ता लिनलागेका हुन्।

जुलाई १ देखि कार फिर्ता सुरु हुने बताइएको छ । फिर्ता लिन लागिएका कारहरुमा आयात गरिएको तुआरेग एसयूभी ६ सयवटा समेत समावेश छन् । उक्त कार सन् २०१९ अक्टोबरमा बनेका हुन् । त्यस्तै ६ सय २० वटा औडी क्यु८ र ए८एल सेडान रहेका छन् । ती कार गत वर्ष सेप्टेम्बरमा बनेका हुन् ।

गियरबक्समा रहेको तेलको पाइपमा समस्या देखिएको हो । तेल चुहिँदा दुर्घटनाको सम्भावना बलियो देखिएपछि कार फिर्ता गर्न लागिएको हो । फक्सवागनका डिलरसिपले प्रभावित उपभोक्तालाई आफ्ना कार जाँच गर्न आग्रह गर्ने र निःशुल्क समस्याग्रस्त पार्ट्स फेर्न सक्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .