ad ad

अटो


सुजुकी बाइकको खरिदमा आकर्षक छुट अफर

सुजुकी बाइकको खरिदमा आकर्षक छुट अफर

नेपालखबर
साउन २, २०७७ शुक्रबार १२:५१,

सुजुकी माेटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ।

बिगत ३ महिनाभन्दा धेरै समयदेखि जारी लकडाउनले पारेको आर्थिक असरलाई केही सहजता मिलोस् भन्ने हेतुले ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने मूल नारा राखेर प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरको स्किम आह्वान गरेको छ।

ग्राहकलाई १५ हजार नगद छुट वा ० प्रतिशत ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले अगाडि सारेको स्किम यही साउन १ गते देखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले जानकारी दिएको छ।

सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रडर तथा हयाते बाइक छन् भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन्। १ वर्ष अगाडि मात्र नेपाली बजारमा बिक्री सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाइकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .