ad ad

बागमती


शंखरापुर नगरले ल्यायो १ अर्ब ४० करोडको बजेट, कुन क्षेत्रमा कति विनियोजन?

शंखरापुर नगरले ल्यायो १ अर्ब ४० करोडको बजेट, कुन क्षेत्रमा कति विनियोजन?

नेपालखबर
असार १०, २०७९ शुक्रबार १८:३६, काठमाडौँ

काठमाडौंको शंखरापुर नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ। 

शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ। 

नौ वडा रहेको सो नगरपालिका वडावासीका लागि निःशूल्क शिक्षा देखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन्। 

नगरसभाले ६० बर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशूल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ। यस्तै शवबाहन सेवा पनि निःशूल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। 

शंखरापुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पारित गरेका मुख्य मुख्य नीति तथा योजना यसप्रकार रहेका छन् : 
१) नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने

२) सम्पूर्ण शंखरापुर नगरबासीहरुलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गरिने
३) कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिने
४) गर्भवती महिला र ६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशूल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गर्ने 
५) नगरपालिकाभित्र शवबाहन सेवा निःशूल्क रुपमा उपलब्ध गराइने
६) अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गर्ने 
७) ऐतिहासिक साँस्कृतिक शहर शंखरापुर नगरभित्रका जात्रा, पर्वहरु दीर्घकालीन आर्थिक रुपमा सहज ढंगले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्ने
८) ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तिलाई साँस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने 
९) सम्पदा बस्तिमा मापदण्ड अनुसार घर बनाउँनेहरुलाई प्रोत्साहन स्वरुप रु.१ लाख दिँदै आएकोमा घरको नक्सा तयार गरेवापत रुं २५ हजार थप गरी रु. १ लाख २५ हजार दिने साथै सम्पदा बस्ति बाहिरको हकमा ‘घ’ बर्गको घर नक्सा नगरपालिकाबाट निःशूल्क बनाईदिने। 
१०) नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने 
११) नगरपालिकाभित्र खुला ब्यायामशाला सञ्चालन गर्दै जाने
१२) बिद्यालय स्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीहरुलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने
१३) स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योगहरुलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने
१४) गृह श्रमिक, लघु उद्यमी तथा साना व्यवसायीहरु बाट उत्पादित बस्तुहरुको बजारीकरणलाई सहज बनाउन कोसेलीघर स्थापना गरिने
१५) सामुदायिक वनहरुमा आयआर्जनको कार्यक्रमका लागि पब्लिक–प्राइभेट पार्टनरसीपका कार्यक्रम ल्याइने
१६) शंखरापुर नगरपालिकाको समृद्धिको लक्ष्य प्राप्तिको लागि कृषि पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने
१७) शंखरापुर उज्यालो कार्यक्रम अन्र्तगत सबै वडाका मुख्य चोकहरुमा सडक बत्तिको जडान गर्ने
१८) जनघनत्व बढी भएका मुख्य चोकहरुमा सीसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने
१९) जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने
२०) शंखरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने
२१) पर्यटन सुचना केन्द्र स्थापना गर्ने 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .