ad ad

बागमती


बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असार १२, २०७९ आइतबार ९:३६, मकवानपुर

बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेटबारे छलफल हुनेछ। 

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दै छ। 

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेट संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए। 

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ। सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .