नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कर्मचारी मृत फेला परेका छन्।
काठमाडौं, टोखा नगरपालिका १० बस्ने कैलालीका ४५ वर्षीय सलेन्द्र हमाल प्राधिकरणको कोठामा मंगलबार मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
एसपी मैनालीका अनुसार उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।
हमाल काठमाडौं महानगरपालिका २८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रोनिक चौथो तहमा कार्यरत थिए।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको पनि एसपी मैनालीले बताए।
1.5k
Shares
प्रतिक्रिया