ad ad

बागमती


अमेरिकामा हुने ‘स्टार्ट अप ब्याटल’ को लागि उत्कृष्ट ५० मा छानिए चौलागाईं

अमेरिकामा हुने ‘स्टार्ट अप ब्याटल’ को लागि उत्कृष्ट ५० मा छानिए चौलागाईं

नेपालखबर
असार १९, २०७९ आइतबार ९:५८, काठमाडौँ

आईटी ब्रीज र स्टार्टअप हब नेपालले अयोजना गरेको बागमती प्रदेशस्तरिय ‘स्टार्ट अप ब्याटल’ को उपाधि काभ्रेका सरोज चौलागाईंले जितेका छन्। 

बनेपाको एक पार्टी प्यालेसनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा जित निकालेसँगै चोलागाईं  राष्ट्रियस्तरका उत्कृष्ट ५० मा छनोट भएका हुन्। ‘स्टार्ट अप ब्याटल’ विजनेश आइडिया प्रस्तुत गर्ने प्रतियोगिता हो। यो प्रतियोगितामा हरेक देशबाट १ जना सहभागी हुन पाउनेछन्।

अमेरिकामा हुने यो प्रतियोगिताका लागि विश्वका ५० भन्दा बढी देशका प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धीबाट विजयी भएका एक जना १० लाख डलर बराबरको रकमबाट पुरस्कृत हुनेछन्।

विजनेश सम्बन्धी नवीनतम विचारहरु प्रस्तुत गर्नेमध्येबाट उपाधि जितेका चौलागाईं काभ्रे बहुमुखी क्याम्पसमा बीसीए छैटौं समेस्टरमा अध्ययनरत छात्र हुन्। उनले ‘मेरो कामदार’ प्रोजेक्ट विजनेश सम्बन्धी आइडिया प्रस्तुत गरेका हुन्। प्रतियोगितमा १५० जनाको सहभागीता रहेको थियो भने १० जनाले आफ्नो प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार देशभरबाट छनोट भएका उत्कृष्ट १० मध्ये एकजनालाई अमेरिकामा हुने स्टार्टअप ब्याटल विश्वकपमा सहभागी गराइनेछ। विजनेश आइडिया भएका तर लगानी गर्ने क्षमता कम भएका प्रतियोगीहरुका लागि यसलाई उत्कृष्ट प्रतियोगितको रुपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .