ad ad

बागमती


चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैंडा मरे

फाइल तस्बिर


नेपालखबर
असार २२, २०७९ बुधबार १०:५९, चितवन

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैंडा मरेका छन्। जसमध्ये दुईवटा चोरी-सिकारबाट र ३४ वटा प्राकृतिक कारण मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोस्टनजिकै अन्दाजी २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ। सो गैंडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारण मरेको हुनसक्ने निकुञ्जको अनुमान छ। 

चालु आर्थिक वर्षमा मरेका दुई गैंडामध्ये एउटाको खागखुर सिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित थियो। बाँकी ३४ गैंडा प्राकृतिक कारणबाट मरेका हुन्। तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए। गैंडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन्। 

गत आवमा ३३ वटा गैंडा प्राकृतिक कारणबाट मरेका थिए। केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैंडा मरेका थिए। त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो। गैंडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताए। एकै ठाउँमा धेरै गैंडा नहोस् भन्नाका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ। 

यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ। नमुना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए। गैंडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .