चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ।
बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ। रासस
75
Shares
प्रतिक्रिया