ad ad

बागमती


ट्रान्सफर स्टेसनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो फोहोर

ट्रान्सफर स्टेसनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो फोहोर

नेपालखबर
असार २६, २०७९ आइतबार १३:७, काठमाडौँ

काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ। 

वर्षातले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुनेसकेको छैन। अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो। 

यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ।

अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गरिँदै छ। ‘आज घाम लागेको छ। यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र साइटमा फोहोरको मात्रा घटाउनेछौँ’, इञ्जिनियर लम्सालले भने। 

ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ। ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारीसाधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेसनमा फोहोर बाँकी हुने गरेको छ। 

यसरी फोहोर बाँकी रहँदा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन्। यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ। 

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । 

टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .