ad ad

बागमती


‘ल्यान्डफिल पुग्ने सडक निर्माणका लागि विभागसँग समन्वय गरिरहेका छौँ’

‘ल्यान्डफिल पुग्ने सडक निर्माणका लागि विभागसँग समन्वय गरिरहेका छौँ’

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह। तस्बिर : रासस


नेपालखबर
असार २७, २०७९ सोमबार १६:१५, काठमाडौँ

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्। 

आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन्। भेटका क्रममा प्रतिनिधिहरुले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख शाहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए। 

‘काठमाडौँका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ’, छलफलका क्रममा प्रमुख शाहले प्रश्न गरेका थिए। 

उत्तरमा प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताएका थिए। 

भेटमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल ९स्वमान० का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर वर्गीकरण गर्ने महानगरको योजनालाई प्रशंसा गरे। 

‘महानगरको नीति र कार्यक्रमअनुसार हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न प्रतिबद्ध छौँ’, उनीहरुले भने।  

छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो। 

‘हामी प्रतिवद्ध भएर सुधारका काम गछौँ तर केही थप समय लाग्न सक्छौँ’, प्रतिनिधिहरुले भने। भेटका क्रममा फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .