ad ad

बागमती


सिन्धुली जिल्ला प्रशासन कार्यालयद्वारा दैनिक १२ घण्टा सेवा

बिहान ७ देखि साँझ ७ बजेसम्म
सिन्धुली जिल्ला प्रशासन कार्यालयद्वारा दैनिक १२ घण्टा सेवा

नेपालखबर
असार २८, २०७९ मंगलबार ८:१३, सिन्धुली

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ। सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको हो। प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा सिन्धुली जिल्ला प्रशासन कार्यालयले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ। सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको हो। 

कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो। यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। 

सबैभन्दा धेरै गुनासो राहदानीबारे छ। प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवा व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो। यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो।

विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ। कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताए। 

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ। बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ। प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .