पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा बेथिती र लापरवाही रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको विद्रोही समूहका संयोजक कार्कीको नेतृत्वमा गएका विद्यार्थीहरूले उपकुलपतिसमक्ष १२ बुँदे ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा स्ववियुलाई पुनर्जीवन दिन माग गरिएको छ।
यस्तै, त्रिविको परीक्षामा प्रश्नपत्र दोहोर्याउने, एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्नपत्र वितरण जस्ता लापरवाही बारम्बार भइरहेको भन्दै सो कार्यमा संलग्नलाई बर्खास्त गर्न र त्रिविमा आंगिक क्याम्पस भित्र संचालित सबै निजी कार्यक्रमहरूलाई आंगिककै रुपमा बिस्तार गर्न लगायतका माग गरिएको छ।
78
Shares
प्रतिक्रिया