ad ad

बागमती


बालेन्द्रले भने : ५ वर्षसम्म महानगरवासीको ढोका ढक्कढक्काउन आउनेछु

बालेन्द्रले भने : ५ वर्षसम्म महानगरवासीको ढोका ढक्कढक्काउन आउनेछु

नेपालखबर
असार ३०, २०७९ बिहिबार २१:५२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘यसपटक लौरो, पाँच वर्ष घरदैलो’ भन्ने चुनावी नारा अनुसार बिहान ६ बजेदेखि नै महानगरपालिकाका टोल र गल्ली पुग्न सुरु गरेको बताएका छन्। 

मेयर बालेन्द्रले उक्त नारा केवल चुनाव लक्षित मात्र नभएको भन्दै अपवाद बाहेक आगामी ५ वर्षसम्म महानगरपालिकाका टोल र गल्लीमा पुग्ने बताएका हुन्।

गत एक महिना भने ‘नीति तथा कार्यक्रम र बजेट’ लगायतका कामको चटारोका कारण ब्यस्त हुन परेको भन्दै मेयर बालेन्द्रले आज वडा नं २७ का केही टोलहरुमा पुगेको बताएका छन। सामाजिक सञ्जालमार्फत शाहले भनेका छन्, ‘स्कुल र मठमन्दिर पुग्यौँ। स्थानीय बासिन्दाहरु भेट्यौँ। नेता र अगुवाहरु भेट्यौँ।’

शाहले हिजो (बुधबार) बिहानै प्रतिस्पर्धी केशव स्थापितसँग भेट गरेका थिए। बिहान स्थापितसँग भेट गरेका शाह साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। 

यो क्रममा भएका भेटघाटहरु कुनै पनि पूर्वनिर्धारित नभएको बालेन्द्रको भनाई छ।

‘आफ्नै महानगरवासीहरुको ढोका ढक्ढकाउने छौँ। समय भए भेटेर गफिने छौँ,’ उनले भनेका छन्, ‘नभए ढोकाबाट नमस्ते गरेर फर्किने छौँ। हाम्रो आफ्नो महानगर हो, जुन अवस्थामा सँधै रहन्छ, त्यहि अवस्थामा भेट्नेछौँ।’

आफू जस्तो भएको त्यस्तै भेटिने उनले बताएका छन्।

‘हाम्रो आफ्नो महानगर हो, जुन अवस्थामा सँधै रहन्छ, त्यहि अवस्थामा भेट्नेछौँ,’ बालेन्द्रले भनेका छन्,‘म जस्तो छु, त्यस्तै भेटिनेछु। ठाउँ जस्तो छ, त्यस्तै हेर्नेछु। कृत्रिमता र औपचारिकता चाहिँदैन। अनि पो समस्याको पहिचान हुन्छ। अनि पो वास्तविक समाधान निस्किन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .