ad ad

बागमती


एक लाखको राहत बाँड्न २८ लाख खर्च : पूर्वमुख्यमन्त्री पौडेल भन्छन्– १४ फर्जी उडानको बिल थपिएछ

एक लाखको राहत बाँड्न २८ लाख खर्च : पूर्वमुख्यमन्त्री पौडेल भन्छन्– १४ फर्जी उडानको बिल थपिएछ

नेपालखबर
असार ३१, २०७९ शुक्रबार २०:६, काठमाडौँ

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै पालामा एक लाखको राहत वितरण गर्न २८ लाख खर्च भएकोप्रति आश्चर्य व्यक्त गरेका छन्। 

सिन्धुपाल्चोकको पहिरो निरीक्षण गर्न आफ्नो नेतृत्वमा एक पटक मात्रै हेलिकोप्टरमार्फत गएको पौडेलले स्पष्ट पारेका छन्। तर, थप १४ उडानको फर्जी बिल बनाएर राज्यकोषबाट २८ लाख रुपैयाँ भुक्तानी गरिएको उनको दाबी छ। 

‘पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पुर्याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरले म स्तब्ध भएको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

मुख्यमन्त्री पौडेलले सो घोटाला को बाट कसरी भयो भन्ने विषयमा छानबिन गर्नसमेत माग गरेका छन्।

पौडेलले लेखेका छन्, ‘यसरी एउटा उडान भएकोमा १५ वटा उडानको भुक्तानी हुनु पक्कै पनि अक्षम्य अपराध हो। यो कसरी र कोबाट भयो यसको छानबिन हुनैपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .