काठमाडौं महानगरपालिकाका बासिन्दाले आज (साउन १) देखि घरमा फोहोर जम्मा गर्दा कुहिने र नकुहिने छु्ट्याएर अलग–अलग राख्नुपर्नेछ। अन्यथा महानगरपालिकाले त्यस्तो फोहोर नउठाउने र ५ सय रुपैयाँ जरिवानासमेत गर्नेछ।
काठमाडौं महानगरपालिकाको कार्यालयले यसअघि नै आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने जानकारी दिइसकेको छ।
सूचनामार्फत महानगरपालिकाले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध पनि गरेको छ।
यस्तै प्लास्टिककका झोलाको सट्टा कागज वा कपडाका झोला प्रयोग गर्न पनि महानगरपालिकाले नागरिकलाई आग्रह गरेको छ।
36
Shares
प्रतिक्रिया