ad ad

बागमती


विष्णुमती किनारको ७ रोपनीमा ‘यमबुद्ध पार्क’ बनाउँदै काठमाडौं महानगर

विष्णुमती किनारको ७ रोपनीमा ‘यमबुद्ध पार्क’ बनाउँदै काठमाडौं महानगर

नेपालखबर
साउन १२, २०७९ बिहिबार ८:३६, काठमाडौँ

काठमाडौं महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ। पार्क बनाउनका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

लन्डनमा आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो। आलोचना बढेपछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका थिए। ​

मेयर बालेन्द्र शाह

यमबुद्धका अभिभावकलाई भेटेर बालेन्द्रले आफ्नै तलबाट भए पनि सालिक बनाउने वाचा समेत गरेका थिए। 

चौतर्फी आलोचना बढेपछि वडा नं १६ स्थित विष्णुमती किनारमा रहेको ७ रोपनी जग्गामा पार्क बन्न लागेको हो। सो पार्कको नामकरण ‘यमबुद्ध पार्क’ भनेर गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए। 

महानगरपालिकाको बजेटमा बन्न लागेको पार्कमा सालिक भने महानगरको रकमबाट नबन्ने उनले जानकारी दिए।

‘अहिले पार्क बनाउनका लागि बजेट छुट्टिएको हो,’ मानन्धरले नेपालखबरसँग भने, ‘सालिक बनाउने कुरा भएको छैन्, नाम चाँही यमबुद्ध पार्क भनेर राखिएको छ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .