काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्।
मृत फेला परेका एक जनाको भने सनाखत हुन सकेको छैन।
टोखा नगरपालिका - ११ बानियाँटारमा धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार मृत फेला परेका हुन्।
उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।
नागार्जुन नगरपालिका - ६ घट्टेटारस्थित मनमती खोलाको बगरमा १२ वर्षीय बालक मृत फेला परेका छन्।
काठमाडौं बस्ने रामेछापको रामेछाप नगरपालिका - ९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत फेला परेका हुन्।
काठमाडौं महानगरपालिका १९ मरूहिटीमा पनि एक जनाको शव फेला परेको छ।
उक्त शवको हाल नाम, थर, वतन नखुलेको छैन।
करिब ५० वर्षीय पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।
453
Shares
प्रतिक्रिया