अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक बन्द भएको छ।
पाल्चोकी क्रसरपारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसीबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।
पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने नगरप्रमुख तामाङले बताए।
पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवतजावतमा समस्या भएको छ।
21
Shares
प्रतिक्रिया