ad ad

बागमती


काठमाडौंको काँडाघारीमा प्रहरी कार्यालय र घर डुबानमा

काठमाडौंको काँडाघारीमा प्रहरी कार्यालय र घर डुबानमा

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०७९ बुधबार ८:८, काठमाडौँ

वर्षाका कारण काठमाडौंको काँडाघारी क्षेत्र डुबानमा परेको छ। वर्षाको पानीले त्यहाँ प्रहरी प्रभाव डुबानमा पर्नाका साथै सुकुमवासी टोलका २ घर बगाएको छ। 

प्रहरी प्रभाग (काँडाघारी) का अनुसार मंगलबार रातिको वर्षाले प्रहरी प्रभागको एक तला पूरै डुबेको छ भने मेसको आधा भाग भेलले बगाएको छ। मेसभित्र रहेका ग्यास, खाद्यान्न, भाँडाकुँडा र फर्निचर सामान पनि भेलले बगाएको प्रहरीले जानकारी दिएको छ। 

कार्यालय पछाडि राखिएका ३ वटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ। वर्षाका कारण बिजुलीको लाइन पनि काटिएकाले नेट तथा फोन सेट पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
२ जनाको उद्धार, ७ जना अलपत्र

प्रहरी प्रभाग (काँडाघारी) का अनुसार खहरेमाथि राडारबाट २ पुरुषको उद्धार गरिएको छ। हरहर महादेव नजिकैको गाईगोठमा ७ जना मानिस अलपत्र परेकाले उद्धार जारी छ। 

प्रहरीका अनुुसार त्यस क्षेत्रमा फसेका ३ वटा साना र ४ वटा ठूलो गाडी पनि निकालिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २७ सदस्यीय टोली उद्धारमा खटिएको छ। अहिलेसम्म १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

विष्ट गाउँको एक तलासम्म घरहरू डुबानमा परेका छन्। त्यहाँका बासिन्दाले उद्धारका लागि आग्रह गरेकाले उद्धार टोली जाँदै गरेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .