ad ad

बागमती


बाघले तीन गोही खायो

बाघले तीन गोही खायो

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०७९ सोमबार १४:५०, चितवन

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले सिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए। 

बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो।

सूचना अधिकारी तिवारीले भने, ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’ गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .