पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जिप ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जिपलाई ठक्कर दिँदा जिपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।
दुर्घटनामा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका चालक र सहचालक उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए। रासस
21
Shares
प्रतिक्रिया