ad ad

बागमती


जंगली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

जंगली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०७९ मंगलबार १०:२९, सिन्धुली

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताइन्। 

ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ।। सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जङ्गली हात्ती देखापर्ने गरेका छन्। तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ।

यसअघि पनि जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगरउपप्रमुख देवकोटाले आग्रह गरे। 

राति जङ्गली हात्ती निस्किएको र भर्खरै थाहा भएकाले त्यस क्षेत्रमा बुझ्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मानवीय क्षति नभएको र अन्य क्षतिको अवस्था भने प्रहरी पुगेपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ।

दिउँसोमा जङ्गली हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास वर्षौँदेखि हुने गरेको छ। हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्याको समाधान गर्न स्थानीयले वर्षौँदेखि माग गरिरहेका छन्। 

केही वर्षयता जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी भौतिक संरचना तथा अन्नपात गरी रु २२ लाख ७२ हजार तीन सय ९५ क्षति गरेको छ। पशु, बाली, अन्न, घरगोठलगायतमा हात्तीले क्षति गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .