ad ad

बागमती


मध्यपुर थिमि नगरपालिकाले भन्यो : अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाऊ

नहटाए कारबाही गर्ने चेतावनी
मध्यपुर थिमि नगरपालिकाले भन्यो : अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाऊ

नेपालखबर
भदौ १४, २०७९ मंगलबार ८:३३, काठमाडौँ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। 

मंगलबार सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमि नगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक जग्गा, सडक अतिक्रमण गरी बनाइएका संरचना यो सूचना प्रकाशन भएको ३५ दिनभित्र हटाइसक्न भनेको हो। 

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ। 

सूचनामा अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको उल्लेख गरिएको छ। ​

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .