ad ad

बागमती


पहिराले बन्द नारायणगढ–मुग्लिन ३ बजेसम्ममा खुलाउने प्रयास

पहिराले बन्द नारायणगढ–मुग्लिन ३ बजेसम्ममा खुलाउने प्रयास

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १३:५१, चितवन

निरन्तर वर्षासँगै ठाउँ–ठाउँमा खसेका पहिराका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ। सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन्।

भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ। मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ। सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ। अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिराले ढाकेको थियो।

बिहान ५ः५० बजेदेखि  सडक बन्द भएका कारण धेरै सवारीसाधन जाममा परेका छन्। वर्षातको समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन्। सडक खुलेपछि पनि राति अबेरसम्म सवारीसाधन जाम हुने गर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .