नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात बन्द भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेका हुन्।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ।
निरन्तरको वर्षातका कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउन समन्वय भइरहेको उनले बताए।
पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक खुलाइएको थियो। रासस
144
Shares
प्रतिक्रिया