नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयास भइरहेको खुलाएका छन्।
कर्णालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताए।
तर, आ–आफ्नो चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने पनि उनले बताए। ‘गठबन्धनभित्र आ–आफ्नो चुनाव चिन्हमा नै जाने तयारी भइरहेको छ।’ प्रचण्डले भने।
सुर्खेत पुगेर प्रचण्डले भने– प्रदेश र क्षेत्रसहित भोलि एकैपटक बाँडफाँटको टुंगो लाग्छ
संघ र प्रदेशमा तालमेल गर्दा सन्तुलित ढंगले होस भनेर आफूहरु लागेको प्रचण्डको भनाई छ।
‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं। केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं,’ प्रचण्डले भने, ‘घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ। तरपनि चुनाव चिन्ह चाँही आ–आफ्नो हुन्छ।’
कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए। ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो। संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं,’ प्रचण्डले भने, ‘अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं। अहिले तयो मिस नगर्नेगरी सोचेका छौं।’
Shares
प्रतिक्रिया