ad ad

बागमती


बालेन्द्रको कार्यालय घेराउ गर्दै काठमाडौंका फुटपाथ व्यवसायी

बालेन्द्रको कार्यालय घेराउ गर्दै काठमाडौंका फुटपाथ व्यवसायी

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १०:४३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने नाममा गरिखाने वर्गलाई बेरोजगार बनाउने काम भएको भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने भएको छ। 

संघकी अध्यक्ष माया गुरुङले अहिले बिहान ११ बजे सुन्धारास्थित काठमाडौं महानगरपालिकाको प्रवेशद्वारमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिइन्। 

धर्नाअघि सुनधाराबाट सुरु गरिने र्याली वीर अस्पताल, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदा महानगरपालिकाको कार्यालय अगाडि आइपुग्ने उनले जानकारी दिइन्। 

‘चाडबाडको मुखमा गरिखाने वर्गलाई विस्थापित गर्ने, हातपात गर्ने र लखेट्ने काम भएको छ’, नेपालखबरसँग उनले भनिन्, ‘त्यसको विरुद्धमा हामीले संघर्ष थाल्न लागेका  हौं।’

फुटपाथमा व्यवसाय गर्नेहरूलाई विस्थापित गर्ने क्रम नरोकिए अन्य सरोकारवाला संघ/संस्थासँग पनि सहकार्य गरेर थप संघर्ष गरिने उनले बताइन्। 

याे पनिबालेन्द्रसँग फुटपाथ व्यवसायीको माग : दसैँसम्म गरिखान देऊ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .