धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ।
राप्रपालाई एमालेले प्रदेशसभामा सघाउने र राप्रपाले एमालेलाई प्रतिनिधि सभामा सघाउने गरी तालमेल भएको हो।
सोअनुसार आज उम्मेदवारी फिर्ता समेत भएको छ। प्रतिनिधि सभाका उम्मेदवार बनेका एमालेका उम्मेदवार खेम लोहनी र भूमि त्रिपाठीलाई राप्रपाले सहयोग गर्ने भएको छ।
सोअनुसार राप्रपाका उम्मेदवार क्षेत्र नं १का अजय प्रसाद रिमाल र २ बाट परशुराम तामाङ उम्मेदवारी फिर्ता लिएका छन्।
राप्रपाका उम्मेदवारलाई सहयोग गर्न क्षेत्र नं २ खका एमालेका उम्मेदवार धनबहादुर घलेलाई समेत उम्मेदवारी फिर्ता गर्न लगाइएको हो।
सो क्षेत्रमा राप्रपाका डम्बर तामाङ उम्मेदवार बनेका छन्।
177
Shares
प्रतिक्रिया