काठमाडौंमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ चप्पल कारखानास्थित सडकमा ना. ३ ख ५२४७ नम्बरको ट्रकले बा.प्र.०३–०२–००६ प ९६२७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पति–पत्नीकै मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक पर्सा ढोरी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४५ वर्षीय कुमार राई र मोटरसाइकलमा सवार उनकी श्रीमती ३८ वर्षीय मेनुका राईको उपचारका क्रममा शिक्षण अस्पताल (महाराजगन्ज) मा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
54
Shares
प्रतिक्रिया