ad ad

बागमती


बागमतीमा आगामी आवको नीति तथा कार्यक्रमका लागि सर्वदलीय बैठक बस्दै

बागमतीमा आगामी आवको नीति तथा कार्यक्रमका लागि सर्वदलीय बैठक बस्दै

नेपालखबर
बैशाख २४, २०८० आइतबार १९:२५, काठमाडौँ

बागमती प्रदेशको आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सर्वदलीय बैठक बस्ने भएको छ।

सोमबार सर्वदलीय बैठक बोलाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए।

बैठकमा बागमती प्रदेशसभामा सहभागी रहेका ७ वटै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .