आइतबार मात्रै सांसदको प्रमाणपत्र पाएकी बिन्दबासिनी कंशाकारलाई भोलिपल्टै संसदीय यात्रा अलमल बनेको छ।
पार्टीले निलम्बन गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि कंशाकारको संसदीय यात्रा अन्यौलमा परेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद चयन भएकी बिन्दबासिनी संसदमा छिर्न नपाउने भएपछि आफू अन्यौलमा परेको बताउँछिन्।
मिडियामा आएका समाचार हेरेर बसिरहेको बताउँदै हालसम्म केन्द्रबाट कुनै खबर नआएको उनी बताउँछिन्।
‘मलाई त पार्टीको केन्द्रीय तहले नै सासंद बनाएको हो। म केन्द्रकै निर्णयको पर्खाइमा छु’ उनले भनिन्, ‘मैले हिजो मात्रै सांसदको प्रमाणपत्र लिएकी हुँ।’
संसदीय यात्राबारे अनविज्ञ बनेकी बिन्दबासिनी अदालत र पार्टीको निर्णयलाई आत्मासाथ गरेर अघि बढ्ने बताउँछिन्।
‘अबको कदम के हुन्छ मलाई थाहा छैन। कानुनलाई पनि मान्नपर्ने होला’ उनले भनिन्, ‘त्यसैले म यतिबेला केही भन्न पर्ने अवस्थामा छैन। अहिलेसम्म केन्द्रबाट कुनै पनि जानकारी आएको छैन।’
Shares
प्रतिक्रिया