बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफूले सम्हाल्दै आएका दुईवटा मन्त्रालयकाृ जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई दिएका छन्।
यसअघि मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्दै आएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको कार्यभार मन्त्री लामालाई दिइएको हो।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेलको सिफारिसमा सो जिम्मेवारी तोकेका हुन्।
कांग्रेस संसदीय दलका नेता समेत रहेका उनलाई गत चैत २६ गते मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री नियुक्त गरेका थिए।
33
Shares
प्रतिक्रिया