अत्यधिक गर्मीका कारण मकवानपुरमा विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।
जिल्लाको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गरी यही जेठ २१ गते आइतबारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।
यस्तै जिल्लाको मनहरी गाउँपालिकाले बिहानको समयमा विद्यालय सञ्चालन गर्ने भएको छ।
अन्य स्थानीय तहहरु पनि विद्यालय बन्द गर्ने योजनामा रहेको बताइएको छ।
मकवानपुरमा केही दिनययता एकदमै गर्मी बढेको छ। दिउँसोको समयमा तापक्रम ३५ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ।
39
Shares
प्रतिक्रिया