बागमती प्रदेश प्रहरी कार्यालयले चालु वर्षको प्रगति विवरण सार्वजानिक गरेको छ। बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एवम् प्रवक्ता दीपक रेग्मीले चालु वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एवम् प्रवक्ता दीपक रेग्मीका अनुसार अपराध सम्बन्धी केसमा ४ हजार ५४ वटा मुद्दा दर्ता भएका छन्।
जसमा कर्तव्यज्यान अन्तरगत ३६, ज्यान मार्ने उद्योगमा ६३, सवारी ज्यानमा २०८, लागुऔषधमा ३२२, जबरजस्ती करणीमा २२४, जबरजस्ती करणी उद्योगमा ५९, आत्महत्यामा ७९४, ठगी ५७, चोरी २५९, बहुविवाह ६५, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९३४ मुद्दा दर्ता भएको रेग्मील बताए।
यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक किरण राणाले अपराध अनुसन्धान गर्न र तस्करी नियन्त्रणमा आफू लागिपरेको बताइन्। अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी नराख्ने प्रहरी नायब उपरीक्षक राणाको भनाइ छ।
प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एवम् शून्य सहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको डिआईजी राणाले बताइन्।
Shares
प्रतिक्रिया