ad ad

बागमती


उपत्यका अपराध अनुसन्धान टोलीले जोरपाटीबाट समात्यो ५ जना, उच्छृंखल गतिविधि गरेको आरोप

उपत्यका अपराध अनुसन्धान टोलीले जोरपाटीबाट समात्यो ५ जना, उच्छृंखल गतिविधि गरेको आरोप

नेपालखबर
साउन १८, २०८० बिहिबार १०:५६, काठमाडौँ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृ‌ंखल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा ९बाफ्ले०, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेकाले काठमाडौं उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। 

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .