ad ad

बागमती


हेटौंडामा एभोकाडो होटेलको कोठाबाट पाँच जुवाडे पक्राउ

हेटौंडामा एभोकाडो होटेलको कोठाबाट पाँच जुवाडे पक्राउ

नेपालखबर
साउन १८, २०८० बिहिबार २१:१७, हेटाैंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित एभोकाडो होटलबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बिहीबार साँझ ५ बजेको समयमा उक्त होटलको कोठा नम्बर २०८ बाट जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा–१२ बस्ने ३५ वर्षीय दिपक घले, चितवन भरतपुर महानगरपालिका–२ घर भइ हेटौंडा–४ बस्ने ४५ वर्षीय सुन्दर कुमार श्रेष्ठ, हेटौंडा–५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा–४ बस्ने ४२ वर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए।

उनका अनुसार उनीहरूले जुवा खेलिरहेको खालबाट २ लाख ५४ हजार ४२० रुपैयाँ नगद चार बुक तास र क्वाईन ७६ थान बरामद गरिएको छ। 

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .