ad ad

बागमती


पहिरोका कारण मकवानपुरमा दुई घर पुरियो

पहिरोका कारण मकवानपुरमा दुई घर पुरियो

नेपालखबर
साउन २७, २०८० शनिबार १५:४७, हेटाैंडा

मकवानपुरको भीमफेदी–२ भैँसेमा पहिरोले दुई घर पुरिएको छ।

शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत भैँसे सडक नजिकै रहेको दुई वटा घरमा पहिरोले पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको २ वटा कच्ची घरमा क्षति पुर्‍याएको हो।

पहिरोले मानवीय र पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। 

पहिरोको कारण हेटौंडा भैंसे पालुङ नौबिसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .