मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकको खुट्टामा चोट लागेको प्रत्यक्षदर्शी स्थानीय दीपक लामाको भनाइ छ। सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ।
सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए।
प्रहरी टोली उक्त घटनास्थलतर्फ जाँदै छ।
165
Shares
प्रतिक्रिया