ad ad

बागमती


बागमती प्रदेशको ‘प्रदेश श्रम तथा रोजगार नीति २०८०’ सार्वजनिक

बागमती प्रदेशको ‘प्रदेश श्रम तथा रोजगार नीति २०८०’ सार्वजनिक

नेपालखबर
भदौ ४, २०८० सोमबार १७:१५, हेटाैँडा

बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरेको छ। सोमबार श्रम, रोजगार तथा यातायात मन्त्रालयले हेटौंडामा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नीति सार्वजनिक गरेका हुन्।

नीति सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टलले नीति संविधानको मर्ममा रहेर तयार पारिएको बताए।

श्रमको अधिकार प्रदेशमा खासै नभएको तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको उनको भनाइ छ। सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताए।

अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार जना किसानलाई जोड्ने दाबी गर्दै उनले भने, ‘अब सिप सिकेर मात्र विदेश जानुपर्नेगरी सबै युवाहरुलाई सिप सिकाउनेतर्फ प्रदेश सरकार लागिपरेका छौं।’

प्रदेश सरकारले समूदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने बताउँदै गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताए।

मुख्यमन्त्रीले युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागिपर्ने समेत दाबी गरे।

मुख्यरुपमा रोजगारी सिर्जना गर्नुनै सरकारको काम रहेकाले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई आवश्यक ऐन कानुन बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्नु पर्ने बताए।

सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएको भन्दै संघीय सरकारप्रति आलोचना गर्दै धेरैभन्दा धेरै श्रमिकलाई कोषमा लैजानुपर्नेमा जोड दिएका थिए।

यस्तै, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश श्रम तथा रोजगार नीतिलाई कटिबद्ध कार्यान्वयन गर्ने बताए।

‘हामी सहकार्य, सहअस्तित्व र समन्वयका साथ काम गर्छौ श्रमिकलाई स्वदेशमै रोजगारी बनाउने उद्देश्यका साथ नीति कार्यान्वयन गर्दछौं, मन्त्री लम्सालले भने।’

राष्ट्र बलियो बनाउन श्रमिकलाई बलियो बनाउनुपर्छ सोही अनुरुप हामी रोजगार नीतिलाई अवलम्बन गर्ने मन्त्री लम्साल बताए।

प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापा, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराई, सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसाल, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं लगायतको आतिथ्यता रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .