काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिने निर्णय गरेको छ।
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको असमायिक निधन भएकाले शुक्रबार शोक बिदा दिने निर्णय भएको हो।
प्रशासन विभाग प्रमुख दीपक अधिकारीले महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए।
रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। डंगी भएर अस्पताल भर्ना भएका उनमा निमोनिया समेत देखिएको थियो।
उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।
120
Shares
प्रतिक्रिया