ad ad

बागमती


वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि, छोरा सन्देश र सार्थकले दिए दागबत्ती

वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि, छोरा सन्देश र सार्थकले दिए दागबत्ती

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न व्यक्ति। तस्बिर : किरणराज विष्ट/रासस


रासस
भदौ २१, २०८० बिहिबार २०:१९, काठमाडौँ

आज बिहान निधन भएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ। 

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालका दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको थियो। 

यसअघि स्व रिजालको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो। 

राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए भने पशुपतिमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाएका थिए। 

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उनका छोरा सन्देश र सार्थक रिजालले दागबत्ती दिएका छन्।

उनको अन्तिम संस्कारमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू डा शशांक कोइराला र प्रकाशमान सिंह, नेताहरू शङ्कर भण्डारी, नैनसिंह महर, उर्मिला थपलिया, बागमती प्रदेशका मन्त्री बहादुरसिंह लामालगायत केन्द्रीय र प्रदेशका नेता तथा मन्त्रीको सहभागिता थियो।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा निर्वाचित भएका थिए। ५३ वर्षीय स्वर्गीय रिजालका बुबा, आमा, श्रीमती र दुई छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .