ad ad

बागमती


बागमती प्रदेशसभामा चारवटा विधेयक पेस

बागमती प्रदेशसभामा चारवटा विधेयक पेस

नेपालखबर
भदौ २४, २०८० आइतबार १६:३, हेटाैँडा

बागमती प्रदेशसभामा चारवटा विधेयकहरू पेस भएका छन्।

प्रदेशसभाको आइतबार बसेको बैठकमा सरकारका तर्फबाट ४ वटा विधेयकहरू पेस गरिएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरे।

यस्तै, प्रदेशसभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको हो।

यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे।

प्रदेश सभा बैठक जारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .