ad ad

बागमती


भक्तपुरमा सिन्धुपाल्चोकका युवक मृत भेटिए, छेउमा जुत्ता र मोजा

भक्तपुरमा सिन्धुपाल्चोकका युवक मृत भेटिए, छेउमा जुत्ता र मोजा

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १२:३१, काठमाडौँ

भक्तपुरमा शुक्रबार बिहान एक युवक मृतक फेला परेका छन्।

सूर्यविनायक नगरपालिका-१०, चित्तापोलस्थित झोलुङ्गेपुल तलको भित्री सडकमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ३ का २३ वर्षीय शैलेश भारती मृत अवस्थामा भेटिएका हुन्। 

भारती हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ नयाँ बस्तीमा बस्ने गरेका थिए।

स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

लगत्तै प्रहरी वृत्त जगातीबाट प्रहरी टोली घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए। 

पुलमा एकजोर जुत्ता र एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। अर्को मोजा भने शवनजिकै भेटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .