ad ad

बागमती


विधेयक पारित भएसँगै स्थानीय तहको बोर्डमा तामाङ र नेवारी भाषा

विधेयक पारित भएसँगै स्थानीय तहको बोर्डमा तामाङ र नेवारी भाषा

नेपालखबर
असोज २४, २०८० बुधबार १८:५, काठमाडौँ

बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउन बनाएको विधेयक प्रदेश सभाबाट सोमबार पारित भएसँगै स्थानीय तहले पनि यसलाई प्रयोगम ल्याउन थालेका छन्।

हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले आफ्नो साइनबोर्डमा तामाङ र नेवारी भाषा पनि प्रयोग गरेको हो। उक्त विधेयक प्रदेश सभाबाट पारि भएको भोलिपल्टै वडा कार्यालयले नेपाली, नेवारी र तामाङ भाषाको बोर्ड राखेको हो। 

बागमती प्रदेश सभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउन लागेको वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए।

त्यतिमात्रै होइन अब वडा कार्यालयले यी भाषालाई कामकाजीको रुपमा समेत प्रयोग गर्ने उनको भनाइ छ। 

प्रदेश प्रमुखले प्रमाणित गर्नुभएपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको मितिले १८० दिनपछि विधेयक लागु हुने भए तापनि प्रदेश सरकारले गरेको कामको प्रशंसा स्वरुप आफूले तत्कालै बोर्डमा समावेश गराएको वडाध्यक्ष महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .