ad ad

बागमती


प्रहरीले गोली हानेका व्यक्ति सिन्धुलीका, अरू दुईजना पनि पक्राउ

७ राउन्ड गोलीसहित पेस्तोल बरामद
प्रहरीले गोली हानेका व्यक्ति सिन्धुलीका, अरू दुईजना पनि पक्राउ

बरामद गोली र पेस्तोल


नेपालखबर
असोज २५, २०८० बिहिबार १४:२८, काठमाडौँ

काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका व्यक्ति सिन्धुलीका भएको खुलेको छ।

बिहीबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका ‘लुटेरा समूह’विरुद्ध उपत्यका उपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेको हो। 

उनीहरू लुट्न गएको सूचनाका आधारमा पिछा गरिरहेको प्रहरी टोलीलाई नै आक्रमण गर्न लागेपछि गोली चलाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान रहेको मैनालीले बताए।

उनका अनुसार घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ। उनलाई प्रहरीले नेसनल मेडिकल कलेज (जोरपाटी, अत्तरखेल) लगेको छ। 

प्रहरीले लुटेरा समूहका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा छन्। उनीहरू चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। 

तर अर्को मोटरसाइकलमा रहेका दुईजना भने फरार भएको प्रहरीले जनाएको छ। 

उनीहरूको खोजतलास प्रहरीले व्यापक रुपमा गरिरहेको एसएसपी मैनालीले बताए। प्रहरीले उक्त समूहबाट ७ राउन्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .