मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना किरामी परेका छन्।
आज शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खाँदा दुई परिवारका ६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिरामी हुनेमा स्थानीय ७० वर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ वर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ वर्षीय गंगालाल भोलन, ३० वर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० वर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन्।
बिरामीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
36
Shares
प्रतिक्रिया