ad ad

बागमती


बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री लामालाई

बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री लामालाई

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १९:१३, हेटाैँडा

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई दिइएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्री तोकेका छन्।

लामाले २०८० कार्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .