ad ad

बागमती


दसैँ अवधिमा उपत्यकाबाहेक बागमती प्रदेशमा भएका गाडी दुर्घटनामा ११ जनाको मृत्यु

दसैँ अवधिमा उपत्यकाबाहेक बागमती प्रदेशमा भएका गाडी दुर्घटनामा ११ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १०:८, हेटौँडा

दसैँको अवधिमा बागमती प्रदेशका (काठमाडौँ उपत्यकाबाहेक) १० जिल्लामा भएका गाडी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। यस अवधिमा बागमती प्रदेशमा  ६० वटा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार कात्तिक १ देखि ११ गते (कोजाग्रत पूर्णिमा) सम्म साना-ठूला गरी ६० वटा गाडी दुर्घटनामा परेका थिए। 

जसमा सबैभन्दा धेरै दुईपांग्रे सवारीसाधन दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकल/स्कुटर मात्रै ७८ वटा दुर्घटनामा परेका थिए। 

यस्तै मझौला २ वटा र ठूला गाडी १० वटा दुर्घटनामा परेको उनले बताए।

सो अवधिमा भएका ती दुर्घटनामा १ सय ९२ जना घाइते भएको प्रहरी प्रवक्ता रेग्मीले जानकरी दिए। 

दुर्घटनामा मकवानपुर र चितवनका ३/३ जनाको मृत्यु भएको छ।

यस्तै  काभ्रेमा १,  सिन्धुपाल्चोकमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको उनले बताए।

प्रहरीले दसैँमा २ हजार ७२५ वटा सवारीसाधनलाई कारबाही गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .