ad ad

बागमती


धादिङमा घर जल्यो, १२ लाखको क्षति

धादिङमा घर जल्यो, १२ लाखको क्षति

घटनास्थल


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १२:२, हेटौँडा

धादिङमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

धादिङको धुनिवेशी नगरपालिका वडा नं ७ भँगेरीस्थित नवराज उप्रेतीको घरमा आगलागी भएको हो।

उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त आगलागी हुँदा १२ लाख मूल्य बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ। 

धुनिवेशी नगरपालिकाको दमकल, नगर प्रहरी र इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहको कमान्डमा गएको १५ जनाको टोली र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागी बाट घर पूर्ण रुपमा नष्ट भएको र घरभित्र रहेको काठको दराज १ थान, काठको खाट २ थान, सोफा सेट १ थान, ग्यास चुलो १ थान, ग्यास सिलिन्डर २ थान, सुन ३ तोला, लत्ता कपडा सबै गरेर १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .